सन्धिखर्क, १४ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको आठौ महाधिबेसनले नेपालका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने भन्दै अाफ्नाे पार्टीकाे नाम नेपाल कम्यूनिष्ट पार्टी घाेषणा गरेसँगै राष्ट्रिय राजनीतिमा एक किसिमकाे चर्चा चलिरहेकै अवस्थामा नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले उक्त एजेन्डालार्इ स्वीकार गर्दै नेपालमा माओवादी पार्टी नचाहिने टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब अर्घाखाँचीले शनिवार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले नेपालमा काँग्रेस र कम्युनिष्ट गरी दुई पार्टी मात्रै भए पुग्ने बताए । रायमाझीले आफूले लामो समयदेखि नेपालमा दुई पार्टीको मात्रै कल्पना गरेको समेत खुलासा गरे ।
केही समयअघि मात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टीको पछाडि कुनै ब्यक्ति विशेषको नाम जोडिराख्नु नपर्ने साथै कम्यूनिष्ट पार्टीकाे चरित्र बदल्नुपर्ने भन्दै अाठाै महादिवेशनमा पार्टीको नामबाट माओवादी हटाउने एजेन्डा पारित गर्दै पार्टीकाे नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै बनाएका थिए ।