विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

अनलाइन दर्पण 2024-05-23
img

बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटनामा परेकाे हाे ।

बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।

जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । 

 

सम्बन्धित समाचार

Advertisement