पोखरा महानगरमा काङ्ग्रेस–माओवादी गठबन्धनलाई हराउँदै एमालेका मानबहादुर जिसी विजयी

अनलाइन दर्पण 2017-05-26
img

पोखरा, १२ जेठ। कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । भर्खरै सम्पन्न मत गणनामा एमालेका जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे ।

जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् ।

मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

सम्बन्धित समाचार

Advertisement