अनमोल केसी अस्पताल भर्ना

अनलाइन दर्पण 2023-09-30
img

काठमाडौँ, १३ असोज । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।

अपराध महाशाखा पुगेका निर्माता सरोज न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाई बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।

सम्बन्धित समाचार