काठमाडौं, बैशाख १७ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले अाज राष्ट्रिय परिक्षा बाेर्ड, सानाेठिमी भक्तपुरमा ३ वुदे माग सहित ज्ञापन पत्र बुझाएकाे छ ।
शिक्षामा मुल्याङ्कनको आधारभुत सिद्धान्त पनि ख्याल नगरि पुर्वाग्रह र गलत मनसायबाट प्रभावित भएर देशको शिक्षा क्षेत्रलाई नै कमजोर पार्ने गरी कक्षा १२ को राजनीतिशास्त्र विषयको पश्नपत्र तयार पारेकाे र राज्यको नीति निर्माण गर्ने ठाँउमा बस्ने व्यक्तिहरु राजनीतिकरण र भागवण्डा तिर लीप्त भएकाे भन्दै प्रश्नपत्र निर्माण गर्ने व्यक्तिलार्इ कडा भन्दा कडा कार्वाहिकाे माग गर्दै ज्ञापन पत्र बुझाएकाे हाे ।
अहिले सञ्चालन भर्इरहेकाे कक्षा १२ काे बाेर्ड परीक्षा काे राजनीतिशास्त्र विषयकाे प्रश्नपत्रमा कुनै दल विशेषलाई कोड गरी प्रश्न तयार पारिएकाे थियाे ।
ज्ञापन पत्र अखिल (क्रान्तिकारी) काे केन्द्रिय सचिव तथा उपत्यका विशेष क्षेत्रिय समन्वय समितिकाे संयाेजक राम बहादुर वि.क काे नेतृत्वमा बुझाइएकाे कुरा अखिल (क्रान्तिकारी) भक्तपुर जिल्ला सचिव निसन रार्इ ले बताउनु भयाे ।