एमालेमय बन्दै कास्की: विभिन्न पार्टी परित्याग गर्दै एमालेमा प्रवेशको लहर

अनलाइन दर्पण 2017-04-08
img

पोखरा, २६ चैत । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले चुनाबी प्रचार अभियानमा केन्द्र देखि गाउ सम्म निकै सक्रिय देखिएको छ। चुनाबी प्रचारका लागि स्थानीय स्तरमा निर्वाचन परिचालन कमिटि गठन, कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेहरु को संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

यसै क्रममा आज पोखरा लेखनाथ-१६ मा युवा संघ नेपाल द्वारा आयोजित बृहत भेलामा माअोवादी केन्द्रका जिल्ला सदस्य रेशम जिसी लगायत विभिन्न पार्टीबाट १ सय भन्दा बढी नेताकार्यकर्ता एमालेमा  प्रवेश गरेका छन । नवप्रवेशी हरुलाई खादा र अबिर लगाउदै कार्यक्रमका प्रमुख अतिथि एमालेका युवा नेता रबिन्द्र अधिकारीले पार्टी प्रवेश गराउनु भएको छ।

त्यसैगरी निर्वाचन लक्षित गरि एमाले द्वारा मादी गाउ पालिका सिकलेसमा आजै आयोजित एक कार्यक्रममा पनि विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेको संख्या उल्लेखनीय रहेको थियो ।

सम्बन्धित समाचार

Advertisement