गुण्डू स्वास्थ्य चौकीमा एक हप्ते दन्त शिबिर शुभारम्भ

अनलाइन दर्पण 2019-12-24
img

भक्तपुर । भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूमा एक हप्ते निःशुल्क दन्त शिबिरभव्यरुपमा सोमवारदेखि शुरू भएको छ ।
पुस ७ गतेदेखि १३ गतेसम्म एक हप्ते निःशुल्क दन्त शिबिरमा करिब तीन हजार जना दन्त रोगीले उपचारबाट लाभ लिने वडा कार्यालयको अपेक्षा छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७गुण्डूको आयोजना तथा अराउण्ड गुड पिपुलको प्राविधिक सहयोगमा एक हप्ते दन्त शिबिर सञ्चालन भएको हो । सूर्यविनायक नगरपालिक वडा नं. ७ गुण्डू स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि ४ बजेसम्म दन्त सेवा सञ्चालन भइरहेको छ ।

सङ्घीय सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले दन्त शिबिरको अनुगमन तथा आफ्नो दाँत परीक्षण गराउँदै वडा कार्यालयको आयोजनामा भएको दन्त शिबिर व्यवस्थितरुपमा सञ्चालन भएको बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि हरेक काम व्यवस्थित र प्रभावकारी भएको भन्दै उहाँले स्वास्थ्य शिबिरबाट लाभावान्दित हुन सबैमा आग्रह गर्नुभयो ।

दन्त शिबिरको शुभारम्भ गर्दै सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले १५ जना दाँतका बिशेषज्ञ डाक्टरलाई फूल माला लगाइ स्वागत गर्नुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले दन्त शिबिर एक हप्तासम्म सञ्चालन हुने भएकाले दाँतका रोगीले शिबिरमा आई दन्त परीक्षण गराउन सबैलाई अनुरोध गर्नुभयो ।

सो अवसरमा विभिन्न झाँकीसहित सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूदेखि गुण्डू स्वास्थ्य चौकीसम्म स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा कर्मचारी लगायतका व्यक्तिहरुले पैदल यात्रा गरिएको थियो ।

शिबिरमा दाँत सफा गर्ने, दाँत भर्ने, चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको दाँतमा लेप लगाउने, निःशुल्क दाँतको औषधी वितरण र दाँत सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएका छन् ।

सम्बन्धित समाचार

Advertisement