२०४८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने सुनाैलाे मौका

अनलाइन दर्पण 2019-09-13
img

अनलाइन दर्पण। त्रिभुवन विश्वविद्यालयले २०४८ साल र साे भन्दापछि विशेष कारणले स्नातकोत्तर तहमा भर्नाभई समयसिमा नाघि  शाेधपत्र थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना  निकालेको छ। थेसिस दिन बाँकी रहेका सबै संकायका विद्यार्थीका लागि मौका भएको त्रिविले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०७६ साल साउन २३ गते बसेको बैठकको निर्णय नं १७ अनुसार त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित  परीक्षा प्रणाली अन्तर्गत २०४८ साल र त्यसपछि भर्ना भई परीक्षाको समय सीमा नाघेका तर सम्पूर्ण सैद्धान्तिक विषयहरू उत्तीर्ण गरी शोध पत्र बाँकी रहेका सम्पूर्ण सङ्काय अन्तर्गतका सम्बन्धित सबैको लागि यो मौका दिइएको हो ।

यस्ता विद्यार्थीले २०७७ फाल्गुन  मसान्त भित्र मौखिक परीक्षा गरी चैत्र  मसान्त भित्र शोधपत्रको प्राप्ताँक परीक्षा नियन्त्रण कार्यालयमा आईपुग्नु पर्ने समय तोकेको छ । 

थप जानकारीका लागि सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

२०४८ साल र त्यस पछि भर्ना भई परीक्षाको समय सीमा नाघेका विद्यार्थीहरूले शोधपरिक्षा दिन पाउने सम्बन्धी अत्यन्त जरुरी सूचना:

सम्बन्धित समाचार

Advertisement