रामेछाप, १२ साउन, । जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुम आँगीटारमा एउटा भैसीले दुई वटा पाडा जन्माएपछि हेर्नेको भीड लागेको छ । स्थानीय कृषक गणेश केसीले पालेको भैँसीले २ पाडा जन्माएको हो । भैँसीले केही मिनेटको फरकमै एउटा पाडा र एउटा पाडी जन्माएको थियो ।
शनिबार विहान भैसीले २ वटा पाडा जन्माएको र भैसीको माउ सहित २ वटै पाडाको अवस्था समान्य रहेको भैँसी धनी केसीले बताए ।
अरु घरपालुवा जनावरहरुले धेरै बच्चा जन्माएको देख्दै आएपनि भैँसीले भने २ वटा बच्चा जन्माएको कमै मात्रामा सुन्न र देख्न पाईन्छ ।
भैँसीले २ वटा बच्चा जन्माएपछि अहिले गणेश केसीको घरमा भैँसी र पाडापाडी हेर्नेको भिड बढेको छ ।