भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या

अनलाइन दर्पण 2019-06-30
img

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित बाँसघारीमा ६० वर्षीया महिलाको हत्या भएको छ ।

सिन्धुपाल्चोकको बाँडेगाँउ स्थायी घर भएकी साबित्री भट्टराईको हत्या भएको प्रहरीले जनाएको छ ।

छोरीको डेरामा बस्दै आएकी उनलाई आज बिहान ११ बजेतिर मोटरसाइकलामा आएका दुईजना हतियारधारीले आक्रमण गरी हत्या गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी परिसरका डीएसपी रेवतीरमण पोखरेलका अनुसार मोटरसाइकलमा आएका दुईजना युवाले हत्या गरेको स्थानीयको भनाइका आधारमा घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

छोरीको डेरामा बस्दै आएकी उनलाई आज बिहान ११ बजेतिर मोटरसाइकलामा आएका दुईजना हतियारधारीले आक्रमण गरी हत्या गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement