सुस्ता गाउपालिकामा नागरिकलाई भार नपर्ने गरि करको निर्धारण:-अध्यक्ष पाण्डे

अनलाइन दर्पण 2018-09-12
img

  अंगद यादव

नवलपरासी पश्चिम सुस्ता गाउपालिकाले स्थानिय तहहरुमा भएको चर्को कर बृद्धिको जनतामा चर्चा चलिरहदा करको बृद्धिदर शुन्य प्रतिशत रहेको छ ।

सुस्ता गाउपालिकामा अनावश्यक रुपमा करको चर्चा भईरहदा नागरिकहरुमा भ्रम सिर्जना भैरहेको भन्दै गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले पत्रकार सम्मेलनको आयोजना गरी गाउपालिकाले निर्धारण गरेका करको शिर्षक र दर रेट सार्बजनिक गरेका छन ।

गाउपालिका अध्यक्ष पाण्डेले गत आर्थिक बर्ष २०७४/०७५ मा भन्दा यस बर्ष कतिपय कर कम गरिएको बताउनुभएको छ । गाउँ गाउँमा होहल्ला भएजस्तो साईकल, हांस, कुखुरा लगायतमा कुनैपनि कर नलगाईएको बताउनु भयो ।

गाउपालिकाले गत बर्ष सुकुम्बासी प्रयोजनको सिफारिसमा २०० रुपैंया कर लगाएकोमा यस बर्ष निशुल्क गरिएको बताउनु भएको छ । सुस्ता गाउपालिकामा किसानहरु धेरै रहेकोले कृषिजन्य उत्पादनको पैठारीमा लाग्दै आएको निकासी कर समेत हटाएर निशुल्क गरिइएको छ ।

केरा किसानहरुका लागि प्रति पेड अनुदानका लागि ५ लाख रुपैयां अनुदानको ब्यबस्था गरेको र बीमामा, तालिम र अवलोकन भ्रमणको लागि समेत गाउपालिकाले सहयोग गरेको पाण्डेको भनाई छ ।

सुस्ता गाउपालिकाले एकिकृत सम्पत्ति कर समेत नलगाएको र नागरिकलाई करको भार नपार्ने गरी अगाडि बढेको अध्यक्ष पाण्डेले बताउनु भएको छ । सुस्ता गाउपालिकाले जन्मदर्ता, विबाह दर्ता, मृत्यु दर्ता, बसाईसराई, निशुल्क स्वास्थ्य उपचार सिफारिस, अपाङ्ग परिचयपत्र सिफारिस, सुकुम्बासी प्रयोजनको सिफारिस सामाजीक सुरक्षा परिचयपत्र तथा नविकरण निशुल्क रहेको जनाकारी गराएका छ ।

जन्म, मृत्यु, बसाईसराई को लागि ३५ दिन भित्र दर्ता नगराएमा ५० रुपैया जरिमाना लाग्ने बताएका छन । सुस्ता गाउपालिकाले हाल ३० वटा शिर्षकमा मात्र कर लगाएकाले त्यस भन्दा बाहिर कुनैपनि शुल्क तथा कर नलिएको अध्यक्ष पाण्डेले प्रस्ट पार्नुभएको छ ।

पाण्डेले अन्य स्थानिय तहको तुलनामा सुस्तामा कम कर लगाईएको भन्दै कोहि कसैलाई पनि बाहिर आएको हल्लाको पछाडि नलाग्न र भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ ।

सुस्ता गाउपालिकाका सवै वडाहरुमा समान कर लगाईएको र सवै जनप्रतिनिधिहरु जुनसुकै पार्टिबाट निर्वाचित भए पनि एक ढिक्का भएर अगाडि बढेको पाण्डेले बताउनुभयो ।

करको विषमा आईरहेका विरोधको कुनै सत्यता नभएको र आफुहरुले गाउपालिकाका नागरिकको अवास्थालाई बुझेर बैज्ञानीक तरिकाले कर निर्धारण गरिएकोले जनतालाई कुनै समस्या नआउने अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो ।

सम्बन्धित समाचार

Advertisement