६५ वर्षको बृद्धद्वारा ४ बर्षिय बालिका बलात्कृत 

अनलाइन दर्पण 2018-08-18
img

  अंगद यादव नवलपरासी पश्चिम २ भदौ ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.९ मा एक वृद्धले ४ बर्षिय बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ परेका छन् ।

स्थानिय ४ बर्षिय बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाकाे आमाले देखेपछि ६५ बर्षिय दरोगा थारुलाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।

घटनाबारे थप अनुसंधान भईरहेको र बालिकालाई मेडिकल परिक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

घटनाबारे अनुसंधानका कार्य पुरा भए पछि मुद्दा अभियोजन गरिने छ ।

इलाकामा एक बर्ष मित्र यस्तो करणीको ८ वटा घटना भएको इलाका प्रहरीको कार्यालयले जनाएकाे छ ।

सम्बन्धित समाचार

Advertisement