अंगद यादव, नवलपरासी सुस्ता पश्चिम ०१ भदौ ।
नवलपरासी सुस्ता पश्चिमको सिमा क्षेत्रमा भैरहेको चोरी तस्करी, मानव बेचविखन, अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढदै गएको छ ।
प्रहरी तथा शस्त्र प्रहरी चौकीहरुले सिमामा भैरहेको चोरी तस्करी, लागु औषध ओसार पोसार र विभिन्न अपराधिक क्रियाकलापप न्युनिकरण गर्न सिमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी निरिक्षक माधव पण्डितले बताएका ।
प्रतापपुर-६ गूठि प्रसौनी सशस्त्र प्रहरी बल बिओपी झुल्नीपुरले (गुठी परसौनी) आयोजना गरेको नव आगान्तुक सशस्त्र प्रहरी निरिक्षक माधव पण्डितलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा जुटेका वसहिया,गूठि परसौनी,रामनगर लगायतका प्रहरी चौकीका ईन्चार्जहरुले सिमा संवेदनशील क्षेत्र रहेकाले सिमा क्षेत्रमा कडा निगरानी बढाएको बताए ।
खुल्ला सिमानाका कारण अनेक प्रकारका सामानहरुको चोरी तस्करीमा बढोतरी आएको देखिन्छ भने विभिन्न अपराधिक घटनाहरु पनि घटने गरेका छन् । अब सिमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन कडा निगरानी बढाउने चौकीका ईन्चार्जहरुले बताएका छन ।
कार्यक्रममा प्रतापपुर गाउपालिका अध्यक्ष राज कुमार शर्मा, भारतीय एस एस बी झुलनिपुरका प्रहरी निरिक्षक रवि कुमार, समाजसेवी दिवेन्द्र मिश्रा, अयोध्या प्रसाद यादव, बच्चा राजभर लगायतले सुरक्षा सम्बन्धित मन्तब्य राखेका थिए ।