भोलीदेखी थप टिकेट बुकिङ खुल्ने / सबै गाडी चलाउन यातायात व्यवसायी तयार

अनलाइन दर्पण 2016-10-02

काठमाडौं, असोज १६। यो बर्षको दशैंमा यातायात व्यवसायीले  आफूसँग भएका सबै गाडीहरु  सञ्चालन गर्न तयार भएका छन् । दसैँमा काठमाडौंबाट बाहिरिने यात्रुलाई आ-आफ्नो गन्तब्य सम्म पुर्‍याउन व्यवसायीले सबै गाडीको प्रयोग गर्ने भन्दै सोमबारदेखि थप टिकट बुकिङ खुल्ला गर्ने भएका छन् । असोज ७ गते खुलाइएको टिकट बुकिङ केही दिनमा नै सकिएपछि झण्डै ५ लाख यात्रुले घर जाने नपाउने स्थिति थियो । सरकारले दसैँमा घर जान चाहने सबैलाई घर पुर्‍याउन नेपाली सेना, प्रहरी, स्कुल कलेजका बस प्रयोग गरेर भएपनि घर पुर्‍याउने घोषणा गरेको थियो ।

सरकारको घोषणापछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्याउन व्यवसायीहरु  सहमत भएका हुन् । यसअघि व्यवसायीले क्षमताभन्दा बढी भार बोक्न पाउनु पर्ने, एक तर्फी इन्धनको व्यवस्था सरकारले गरिदिनु पर्नेलगायतका माग राखेका थिए । आइतबारको सहमतिसँगै विद्यालय तथा सुरक्षा निकाय र अन्य बस चलाउने योजना स्थगित भएको छ ।

सम्बन्धित समाचार

Advertisement