स्थानीय तहमा बजेट हिनामिना, कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन

अनलाइन दर्पण 2018-07-31

काठमाडौं - स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ । 

यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी अनियामितता र गैरकानुनी रुपमा खर्च गरेका छन् । 

महालेखाले अनियमिततामा संलग्नलाई कारबाही र हिनामिना गर्ने कर्मचारी तथा स्थानीय तहका पादाधिकारीबाट करिब पौने १ अर्ब रुपैयाँ असुल्न सरकारलाई निर्देशन दिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्थानीय तहमा गएको बजेट भ्रष्टाचारमा छानविन भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement