दाङमा अपांगता भएकालाई बाख्रा वितरण

अनलाइन दर्पण 2018-05-02
img

तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । 

अपांग लक्षित कार्यक्रम अन्तर्गत अपांगता भएकालाई आय आर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए । 

मंगलबार तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् । 

पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे । 

उनले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिने समेत बताए । 

कार्यक्रमका नगर अपांग सञ्जालका संयोजक दोलकबहादुर खत्रीले आफूहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरेकोमा खुशी व्यक्त गरे । 

आफू अपांग भएपनि बाख्राको पालनपोषणमा कुनै कमी हुन नदिने उनले बताए ।

सम्बन्धित समाचार

Advertisement