काठमाडौं, ११ बैशाख । काठमाडौँ महानगरपालिका–१३ कालिमाटी चोकमा संचालन गरेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) बाट सोमबार नगद ३ लाख रुपैयाँ लुटपाट भएको छ ।
ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई अपरिचित व्यक्तिले एसिड भनि पानीको बोतल देखाई काउन्टरको पैसा नदिएमा एसिड खनाई दिन्छु भनेर धम्काई उक्त नगद लुटपाट गरेको बताइएको छ ।
फरार लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।