त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला भन्दा बढी सुन बरामद

अनलाइन दर्पण 2018-04-19
img

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० ताेला बढी सुन बरामद भएको हो । 

विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ । भारतीय नागरिकलाई भन्सार चेकजाँचपछिको स्थानबाट पक्राउ गरिएको हो । भन्सारका कर्मचारीले यत्रि ठूलो मात्रामा ल्याएको सुनको बारेमा केही थाहा पाएनन् । प्रहरी प्रमुख चन्दका अनुसार बरामद भएको सुनको तौल ६ सय ९९ ग्राम रहेको छ । 

आजको बजार मूल्य अनुसार बरामद सुनको मूल्य ३५ लाख ५३ हजार पर्छ । प्रहरी प्रमुख चन्दका अनुसार सबै सुन जुत्तामा लुकाएको अवस्थामा बरामद भएको हो । भन्सार छलिसकेको अवस्थामा सुन बरामद भएकाले यसमाथि गम्भीर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement