मेयर चढेको गाडी दुर्घटना,सात घाइते

अनलाइन दर्पण 2018-04-17
img

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका मेयर चढेको गाडी दुर्घटनामा परेको छ।
चौरजहारी नगरपालिका–५ मा रहेको लहरेसिमल आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरणका लागि जाँदै गर्दा भे १ ज २४३ नम्बरको जीप चौरजहारी–४, मेलैनाउलीमा  दुर्घटनामा परेको हो।

दुर्घटनामा नगरपालिकाका मेयर विशाल शर्मासहित ७ जना घाइते भएका छन्। अन्य घाइते हुनेहरूमा चौरजहारी ३ का लोकेन्द्र परियार, वडा नम्बर ३ को कार्यालयका लेखापाल पार्वती न्यौपाने चौरजहारी २ का तेजबहादुर बटाला र वडा नम्बर ५ का भरत शर्मा रहेका छन्। अन्य दुईजनाको नाम भने खुलेको छैन। घाइतेहरूको चौरजहारीस्थ्ति मिसन अस्पतालमा उपचार भैरहेको छ । 
 

सम्बन्धित समाचार

Advertisement