मेलामा  तीन करोड भन्दा बढीको कारोबार

अनलाइन दर्पण 2018-04-14
img

 नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीमा  सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलाको एक सातामा ६० हजारभन्दा बढीले अवलोकन गरेको र  रु तीन करोडभन्दा बढीको कारोबार  भएको छ । 

दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुँडा, अटोमोबाइल, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामान , राष्ट्रिय तथा स्थानीय खाना, पर्यटन प्रवद्र्धन का साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा अवलोकनकर्ताले  रु तीन करोडभन्दा बढीको कारोबार गरेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । 

मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्री राखिएको छ । 

दैनिक राष्ट्रिय स्तरका कलाकारको प्रस्तुतिले  मेलाको रौनक बढेको छ भने  मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती प्रतियोगिताका साथै  राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ । 

मेलामा ज्योति मगर, प्रमोद खरेल, राधिका हमाल, बद्रि पंगेनी, गुल्मी गाइज, कमल खत्री, कोमल वली, बैकुण्ठ महत, कमल क्षेत्रीलगायतको प्रस्तुति रहने पनि  आयोजकले जनाएका छन् । 

गत चैत २३ गतेदेखि संचालन भएको मेलाको समापन  आगामी बैशाख ३ गते हुनेछ ।

सम्बन्धित समाचार

Advertisement