सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा भक्तपुरमा 

अनलाइन दर्पण 2018-03-21
img

भक्तपुर, ०७ चैत ।‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनी लिमिटेडको भक्तपुर शाखा उद्घाटन गरिएको छ । प्रदेश न ३ का सांसद  शशिजंग थापाले भक्तपुरको सुर्यविनायकमा आज शाखा उद्घाटन गर्दै सन लाइफ इन्स्योरेन्सले छोटो समयमै १७ शाखा उद्घाटन गर्नु आफैमा गर्वको विषय भएको भन्दै सर्वसाधारणमा  बिमा सम्बन्धी सचेतना गर्नुपर्नेमा जोड दिँदै यसको सफलताको शुभकामना दिए ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकीले बिमा आफैमा महत्वपूर्ण रहेको तर सर्वसाधारणबीच पु¥याउन बिमा कम्पनीले ठूलो भूमिका खेल्नुपर्ने सुझाव दिए ।

सनलाइफले २०६४ असोज २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बीमा ऐन २०४९ अन्तर्गत जीवन बीमा व्यवसाय गर्ने बीमकको रुपमा कार्य गर्न बीमा समितिबाट २०७४ साउन १८ मा बीमक दर्ता प्रमाणपत्र प्राप्त गरि मिति २०७४ असोज ०६ गतेका दिनमा सामाजिक सेवा दिवसको अवसर पारेर जीवन बीमा व्यवसाय कारोबार शुरु गरेको थियो । छोटो समयमै देशभर आफ्नो शाखा विस्तार गरी सेवाग्राहीलाई सेवा दिँदै आएको दाबी गरेको छ ।

अधिकृत पुँजी २ सय करोड रहेको कम्पनीले ५ वटा जीवन बिमा योजना, सनलाइफ सावधिक जीवन बिमा , नवीन आजीवन जीवन बिमा, १५ बर्षे सार्थक आजीवन जीवन बिमा,  भाग्योदय जीवन बिमा तथा बाल समृद्ध जीवन बिमा संचालनमा ल्याएको छ ।

कम्पनीका प्रबद्र्धक राजकुमार अर्यालको अध्यक्षमा भएको कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले स्वागत र कल्याण कार्कीले संचालन गरेका थिए ।
कम्पनीको कर्पोरेट अफिस काठमाडौंको कमलादीमा छ । कम्पनीले आगामी दिनमा थुप्रै योजना ल्याउने जनाएको छ । कम्पनीको ब्राण्ड एम्बेसडर हाँस्यकलाकार द्वय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली रहेकाछन् ।

सम्बन्धित समाचार

Advertisement