ताथलीमा स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

अनलाइन दर्पण 2018-03-14
img

भक्तपुर । चाँगुनारायण नगरपालिकाको ताथलीमा आज(बुधबार ) स्त्रीरोग (पाठेघर ) सम्बन्धि  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रगतिशील महिला कृषक सहकारी र ताथली स्वास्थ्य चौकीको आयोजना तथा डा. इवामुरा मेमोरियल  अस्पताल सल्लाघारी भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

अस्पतालका बरिस्ठ स्त्रीरोग विशेषज्ञ  डा.शोभा मारिखु श्रेष्ठले शिविरमा स्थानीय ६० जना महिलाहरुको पाठेघरको परिक्षण गर्नुका साथै नि:शुल्क औषधीहरु समेत निःशुल्क वितरण गरिएको थियो ।

सम्बन्धित समाचार