काठमाडौं ,९ फागुन। नेपाली कांग्रेसको युवा संगठन तरुण दल राष्ट्रपतिविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ ।
राष्ट्रियसभा सदस्यका लागि पुर्वप्रधानमन्त्री सेरबहादुर देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी बर्तमान प्रधानमन्त्री के पी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले राष्ट्रपतिविरुद्ध आन्दोलन सडक चर्काएको हो ।
आज बुधबार उनीहरुले राष्ट्रपति भवन शितल निवास बाहिर प्रदर्शन गरेका छन् ।