विश्व उल्टो माेटरसाईकल यात्री चित्रकुमार कार्कीलाई अमेरिकन कम्पनी युएमकाे माेटरसाईकल एक कार्यक्रम विच काठमाडौं स्थित जमलमा सम्मान स्वरुप प्रदान गरिएको छ ।
नेपालका लागि अाधिकारिक विक्रेता अाईएमी अटाेमाेटिभले विश्व उल्टो उल्टाे माेटरसाईकल यात्री कार्कीलाई करिब ४ लाख ५० हजार बराबरको माेटरसाईकल दिएर सम्मानित गरिएको अाईएमी ग्रुपले जनाएको छ ।
कार्कीले सन 2011 देखिन निरन्तर उल्टो माेटरसाईकल चलाउदै अाएका छन् । कार्कीले अाफ्नाे अभियानको नारा भ्रष्टाचार मुक्त राष्ट्र निर्माण अाम युवाको अभियान , पर्यटकलाई अाकर्षित गराै , विश्व शान्तिका लागि युवा लगाएत नारा लिएर देशका विभिन्न शहरमा अभियान संचालन समेत गर्दै अाएका छन् ।
कार्की लामो समय देखिन पत्रकारिता पेसामा समेत अाबद्व छन् । कार्कीले केही गरे अवस्य सफल भइन्छ भनेर उदाहरणीय र प्रसंसक कार्य गर्दै अाएका छन् ।