एम्बुलेन्स खरीद गर्न साढे ११ लाख संकलन  

अनलाइन दर्पण 2018-02-04
img

भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिकाका साथै काभ्रेकाे मण्डनदेउपुर नगरपालिका र आसपासका क्षेत्रमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनका लागी एम्बुलेन्स खरिद गर्न बिभिन्न दाता एवम् संघसंस्थाहरुबाट ११ लाख ४१ हजार ५ सय संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशखाले  एम्बुलेन्स खरिद गरि सेवा प्रदान गर्न आयोजना गरेको सहयोग संकलन अभियानबाट ११ लाख ४१ हजार रुपैँया संकलन भएको उपशाखाका सभापति सोम शर्मा (बजगाईं) ले जानकारी दिए ।

सभापति शर्माका अनुसार युवा बचत तथा ऋण सहकारी संस्था लि. २ लाख ५० हजार, झझल्को बचत तथा ऋण सहकारी संस्था लि. १ लाख ११ हजार, मुहान गणेश साकोसबाट १ लाख, चाँगुनारायण नगरपालिकाबाट २ लाख, रेडक्रस जिल्ला शाखा भक्तपुरबाट १ लाख, व्यवसायी सरोज थापाबाट ३० हजार, निर्माण व्यवसायी संघ भक्तपुरबाट २५ हजार, केशव अधिकारी, राजाराम खड्का, सोम शर्मा (बजगाईं), शुसिला शाह, ज्ञान बहादुर केसी, श्रीराम लामिछाने र दिवाकर मुनंकर्मीबाट २५–२५ हजार र अन्य बिभिन्न दाता तथा संघसंस्थाबाट १ लाख ९० हजार संकलन भएको हो ।

सम्बन्धित समाचार