अनेरास्ववियुको बैठकमै कुटाकुट

अनलाइन दर्पण 2018-02-02
img

काठमाडौं । कुनै बेला, अखिलका नेताहरूको यतिधेरै हाइहाइ हुन्थ्यो कि उनीहरूले लिएको अडान र सुझावलाई एमालेका नेताहरूले समेत गम्भीरतापूर्वक लिन्थे । तर, पछिल्लो समय वैचारिक हिसाबले प्रतिस्पर्धा  गर्नेभन्दा पनि लाठीमुंग्रीमा अखिलका नेताहरू भर पर्न थालेका छन् । आफ्नै संगठनभित्र नै कुटपिट र मारमुंग्री गर्नु नै अहिले अखिलको परिचय बन्छ कि भन्ने चिन्ता अग्रजहरूमा छ ।

अनेरास्ववियुको सिटीइभिटी राष्ट्रिय कमिटीको बैठकमा त्यस्तै भयो । अनेरास्ववियुको केन्द्रीय महाधिबेशन नजिकिदै गर्दा केन्द्रीय कमिटीले जारी गरिको सर्कुलर कार्यान्वयनको विषयमा सिटीइभिटी राष्ट्रिय कमिटीको बैठकमै अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य आकाश घर्तीले सिटीइभिटी राष्ट्रिय कमिटीका संयोजक मेघनाथ चापागाईंलाई कुटपिट गरेका छन् ।

सिटीइभिटी राष्ट्रिय कमिटीको सम्मेलनको निर्णय भएर माइन्यट गरेपछि सोही  कमिटीका सचिव रमेश सिंह ठकुरीले माइनट लिएर भागेका थिए । संयोजक चापागाईंले  माइनट लिएर भाग्ने सचिव ठकुरीलाई फिर्ता गराउन सिटीइभिटी राष्ट्रिय कमिटीका इन्चार्ज र सह इन्चार्जलाई आग्रह गरेका थिए ।

त्यसै समयमा रापस घर्तीले बैठकको र बैठकले गरेको निर्णयको कुनै औचित्य नभएको भन्दै टेबुल ठोक्दै संयोजक चापागाईं माथीनै कुटपिट गरेका थिए।  घर्तीले संयोजक चापागाईंको आँखाको चश्मा फुट्ने गरी हिर्काएका थिए ।

अनेरास्ववियुका एक नेताले अनेरास्ववियु बिधि बिधान र पद्धतिमा चल्ने संगठन भएकाले यस्ता  अमर्यादित र उदण्ड कार्य गर्नेलाई  अनुशासन अयोगमा  कारबाहीका लागि उजुरी गरेको बताए ।

घटनाका बारेमा संयोजक चापागाईंसंग बुझ्दा उनले भने “ मलाई रापस घर्ती टाउको र चश्मा फुट्ने गरी प्रहार गर्नुभयो, अरु साथी नभएको भए मेरो ज्यानै पनि जाने थियो ,  टेबल कुर्सीले हान्न लाग्नु भएको थियो अन्य साथीले छेकेर लाग्न पाएन ।

सम्बन्धित समाचार