इँटा उद्योगबाट ३ लाख ९८ हजार रुपैयाँ चोरी

अनलाइन दर्पण 2018-02-02
img

काठमाडौं, १९ माघ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको इँटा टायल प्रालिमा चोरी भएको छ । प्रालिको लेखा शाखाबाट गएराति नगद ३ लाख ९८ हजार २ सय ५५ रुपैयाँ चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएअनुसार झ्यालको डण्डी भाँचेर प्रवेश गरी दराजमा रहेको नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

फरार चोरहरुको खोजतलास भइरहेको प्रहरीको भनाइ छ । साथै, घटनाको अनुुसन्धान लागि प्रालिको सुरक्षागार्डलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार