कल्याणपुरका तीनवटा वडामा १६ वर्षमुनिकालाई मोवाइल र मोटरसाइकलमा प्रतिबन्ध

अनलाइन दर्पण 2018-02-02
img

१९ माघ, लहान । विकृति बढाएको भन्दै कल्याणपुर नगरपालिकाका तीनवटा वडामा १६ वर्षमुनिका युवायुवतीलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न, भोजपुरी गीत र जाँडरक्सी प्रतिबन्ध गरिएको छ ।

नगरपालिकाकाकाे ५ नम्बर वडाका वडाअध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतमा बसेको बैठकले सर्वर्सम्तिबाट नगरपालिकाकाकाे विष्णुपुर, चिकना र भोक्राहामा भोजपुरी गीत बजाउन, जाँडरक्सी बिक्री वितरण गर्न र १६ वर्षमुनिका युवायुवतीलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न रोक लगाउने निर्णय गरेकाे हो । बैठकले जाँडरक्सी खाएर हल्ला गर्दै हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकले भोजपुरी गीतले महिलालाई अपमान गरेको, समाजमा विकृति र बिसंगति फैलाउने निष्कर्ष निकाल्दै वडा नम्बर ४, ५ र ६ मा रोक लगाउने निर्णय गरेकाे हो ।  नगरपालिकाका तीनवटै वडालाई भोजपुरी गीतमुक्त क्षेत्र घोषणा पनि गरिएको छ । निर्णय विपरीत भोजपुरी गीत बजाएमा र जाँडरक्सी बिक्री गरेमा ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ ।

बैठकले तीनै वडा क्षेत्रमा पर्ने कमला नदीबाट जथाभावी गिटी र बालुवा निकासी गर्न नदिने निर्णय पनि गरेको छ । 

सम्बन्धित समाचार