चाँगुनारायण नगरमा डकर्मी सिप क्षमता अभिवृद्धि तालिम 

अनलाइन दर्पण 2018-02-01
img

ECHO को सहयोगमा DCA, ADRA, VSO, FSCN  र NDRC  को साझेदारी एवं चाँगुनारायण नगरपालिकाको समन्वयमा चाँगुनारायण नगरमा प्रगति परियोजना अन्तर्गत  डकर्मी सिप क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । 

सहरी बिकास तथा भवन निर्माण बिभाग को पाठ्यक्रम अनुसार यहि माघ ५ गते देखि १२ गतेसम्म खरिपाटी स्थीत श्री कृष्ण मा. बि. मा संचालित तालिममा चाँगुनारायण नगरका सबै वाडका पहिलेदेखि डकर्मी काम गर्ने तर भूकम्प प्रतिरोधी भवन बनाउने तालिम हासिल नगरेका २३ डकर्मी सहभागी थिए।

तालिमको समापन समारोहमा बोल्दै तालिममा सहभागी नवराज लामिछानेले  भूकम्पले पहिला बनाएको घर भत्किदा  आफुले अपराध गरेको महसुस भएको तर अब त्यस्तो गल्ती नदोर्याउने र तालिममा सिकेका कुराहरु पूर्णरुपमा लागु गर्ने बताउनु भयो ।  अर्का सहभागी तुलसीमाया सुवालले आफुले नजान्दा ठेकेदारले आफ्नै घरमा पनि कमजोरी गरेको तर अहिले तालिम पाएपछी मात्र बुझेको हुदा अब बाकि घरको काम आफै गर्न सक्ने भएको बताउनुभयो ।

समापन समारोहमा चांगुनारायण नगर प्रमुख सोम मिश्र , सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय भक्तपुरका प्रमुख मिलन आचार्य ,FSCN  का कार्यकारी अध्यक्ष सूर्यबहादुर थापा , प्रगति परियोजना अर्वान डी. आर. आर. सल्लाहकार चन्द्रा हाडा र FSCN प्रगति परियोजना संयोजक शक्ति गुरुङ र प्रशिक्षक नरेश सिंग धामी ज्युले तालिम पछी चाँगुनारायण नगरपालिकामा अब भूकम्प प्रतिरोधी भवन निर्माणमा महत्वपुर्ण उपलब्धि हासिल हुने बारे  मन्तब्य दिनु भएको थियो । 

उक्त तालिममा DUDBCको ७ दिने तालिमको पाठ्यक्रमको साथै १ दिनको बैकल्पिक भवन निर्माण प्रबिधिसमेत सिकाइएको थियो 

 

सम्बन्धित समाचार