राष्ट्रियसभा निर्वाचन : ५६ सिटका लागि ८३ को उम्मेदवारी, १७ जना निर्विरोध (सूचीसहित)

अनलाइन दर्पण 2018-01-24
img

काठमाडौं- माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ। हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो। 

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश १ मा कांग्रेसबाट ४, एमालेबाट ६, माओवादी केन्द्रबाट १ र राप्रपाबाट १ गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ। 

प्रदेश २ मा कांग्रेसबाट २ जना, एमाले र माओवादी केन्द्रबाट १/१ जना, संघीय समाजवादी फोरम र राजपाबाट २/२ जना र नेपाल संघीय समाजवादी पार्टीबाट १ गरी ९ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रदेश ३ मा कांग्रेसबाट ४, एमालेबाट ६, माओवादी केन्द्रबाट २, राप्रपाबाट १ र नेपाल मजदुर किसान पार्टीबाट ४ गरी १७ जनाले मनोनयन दर्ता गरेका छन्। 

प्रदेश ४ मा कांग्रेसका ४, एमालेका ४, माओवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी १२ जनाको उम्मेदवारी परेको छ।

यस्तै, प्रदेश ५ मा कांग्रेसले ४, एमालेले ४, माओवादीले २ र राष्ट्रिय जनमोर्चाले १ गरी ११ जनाको उम्मेदवारी दर्ता गरेको छ। 

प्रदेश ६ बाट कांग्रेसका ४, एमालेका ५, माओवादी केन्द्रका ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

त्यस्तै, प्रदेश ७ मा कांग्रेसका ४, एमालेका ४, माओवादी केन्द्रका २ गरी १० जनाको उम्मेदवारी दर्ता भएको छ।

५६ सिटका लागि हुने निर्वाचनमा ८३ जनाको उम्मेदवारी पर्दा वाम गठबन्धनबाट एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिएको छ। मधेसकेन्द्रित दलबाट राजपाले २ र संघीय समाजवादी फोरमले २ सिटका लागि उम्मेदवारी दर्ता गरेको छ।

प्रत्येक प्रदेशमा कम्तीमा ३ महिलासहित ८ जना निर्वाचित हुनेछन्। ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिले ३ जना मनोनीत गर्ने प्रावधान छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ।

१७ जना निर्विरोध 
यसैबीच राष्ट्रियसभा निर्वाचन हुनुअघि नै १७ जना निर्विरोध विजयी भएका छन्। त्यस्तै, एक दलित र एक अपांग/अल्पसंख्यक समेत निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ३ जना महिला निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ भने एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक निर्वाचित हुनुपर्ने प्रावधान छ।

प्रदेश २ मा १ जना दलित र १ जना अपांग/अल्पसंख्यकको मात्रै उम्मेदवारी परेको छ। निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको विजयको औपचारिक घोषणा भने निर्वाचन आयोगले माघ १५ गते गर्नेछ।

निर्विरोध निर्वाचित हुनेहरु
प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)

प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिलाकुमारी यादव (संघीय समाजवादी फोरम)
रामप्रित पासवान (संघीय समाजवादी फोरम)
वृशेषचन्द्र लाल (राजपा)

प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)

प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस )
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
बद्रीप्रसाद पाण्डे (कांग्रेस)
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)

सम्बन्धित समाचार

Advertisement