होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

अनलाइन दर्पण 2021-06-16
img

अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । 

मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । 

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । 

बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

बाढीग्रस्त क्षेत्रमा उद्दार गर्न तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

सम्बन्धित समाचार

Advertisement