अब चाँगुनारायणमा  औषधि सहित डाक्टर घर घरमै 

अनलाइन दर्पण 2021-01-17
img

भक्तपुर।  चाँगुनारायण नगरपालिकाका नगर प्रमुख  सोम मिश्रले अब आफ्नो नगरपालिका भित्रका नागरिकको उपचारका लागी औषधी सहित डाक्टर घर-घरमै पठाउने भएका छन्। चाँगुनारायण  नगरपालिका–२ दुवाकोटमा निर्माण भएको  नवनिर्मित स्वास्थ्य चौकी  भवनको उद्घाटन गर्दै नगर प्रमुख मिश्रले विभिन्न कारणले अस्पताल जान नसक्ने नागरिकहरुको उपचारका लागी  औषधी सहित डाक्टर घर-घरमै पठाउने बताएका हुन्। बिरामीले चाँगुनारायण नगर अस्पतालमा आफु बिरामी भएको तर अस्पताल आउन नसकेको खबर गरेपछी नगरपालिकाद्वारा संचालित उक्त अस्पतालबाट औषधि सहित डाक्टर बिरामीको घरमै पुगेर उपचार गरीदिने र थप उपचारको आवस्वक परेमा अस्पताललेनै बिरामीलाई अस्पताल सम्म ल्याउने व्यवस्था नगरपालिकाले गरेको छ। 

स्वास्थ्य चौकीको भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने थप आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने समेत नगर प्रमुख   मिश्रले बताए। दुवाकोट स्वास्थ्य चौकीको भवनको उद्घाटन संगै नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने चुनावी नारा, यसै आर्थिक बर्षमा मात्रै ६ करोड भन्दा बढी लगानी स्वास्थ्य क्षेत्रमा गरिएको र नगरपालिकाका सबै स्वास्थ्य चौकीहरुमा ल्याबको समेत सेवा उपलब्ध गराइने  नगर प्रमुख मिश्रले बताए। पुरानो भवनबाट सेवा उपलब्ध गरौन असहज भएपछी २०६८ सालमा निर्माण सुरु भएको  स्वास्थ्य चौकीको  सुविधा सम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह बढाउने सोच बनाएको  वडा नं २ का अध्यक्ष शिव हरी के सीले बताए। 

सम्बन्धित समाचार

Advertisement