चैत २८ गते श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न देउवा दाङ आउने

अनलाइन दर्पण 2018-04-09
img

दाङ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्काको १३ औं दिनको पुञ्य तिथिमा आयोजन गर्न लागिएको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा दाङ आउने भएका छन् । यहि चैत १६ गते निधन भएका पूर्बगृहमन्त्री खड्काले श्रद्धाञ्जली सभा गृह जिल्ला दाङमा गर्न लागिएको छ ।

खड््काको निवास देउखुरीको गोझेनमा चैत २८ गते श्रद्धाञ्जली सभाको आयोजना गरिएको नेपाली काग्रेस दाङले जानकारी दिएको छ । त्यस्तै श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्न महामन्त्री डा.सशांक कोईराला, केन्द्रीय सदस्य दिपक गिरी, नेता दिपकुमार उपाध्यायलगायतले सम्बोधन गर्ने कांग्रेस दाङ क्षेत्र नम्वर ४ का सभापति जगतबहादुर खड््काले जानकारी दिए । नेपाली काग्रेस दाङले १३ औ दिनको श्रद्धाञ्जली सभाको तयारी तिव्र पारेको छ ।

स्वर्गीय खड््काको उपचारका क्रममा चैत १६ गते दिल्ली स्थित एपोलो हस्पिटलमा निधन भएको थियो । उनको काठमाण्डौको आर्यघाटमा चैत १७ गते बिशेष सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । उनका छोरा अनुराग र श्रीमती पूर्ब सांसद शिला हाल काठमाण्डौं स्थित खड््का निवास सानेपामा हिन्दुपरम्परा अनुसार क्रिया बसेका छन् ।

यसैबीच नेपाली काग्रेस दाङ साबिक क्षेत्र नम्वर ४ ले सोमबार २६ गते पार्टी कार्यालय तुलसीपुरमा श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । क्षेत्रिय सभापति जगतबहादुर खड््काले नेता खड््का प्रति श्रद्धाञ्जली दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित समाचार

Advertisement