राष्ट्रिय सुचना प्रबिधि केन्द्रको बिज्ञ सदस्यमा नरेन्द्र बोहोरा

अनलाइन दर्पण 2021-05-13
img

काठमाडौं । सरकारले राष्ट्रिय सुचना प्रबिधि केन्द्रको बिज्ञ सदस्यमा नरेन्द्र बोहोरालाई  नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हालैको मन्त्रिस्तरीय निर्णयबाट बोहोरालाई सरकारी डेटा सेन्टरको रुपमा रहेको केन्द्रको बिज्ञ सदस्यमा  बोहोरालाई  नियुक्त गरेको हो ।

नवनियुक्त बोर्ड सदस्य बोहोराले अबको चार वर्ष केन्द्रमा विज्ञ प्रतिनिधिको रुपमा काम गर्नेछन् । राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश, २०५८ अनुसार बोहोरालाई सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरेको हो ।

आईटी परीषदका उपाध्यक्ष समेत रहेका बाेहरा विगत १२ वर्षदेखि त्रिभुवन विश्विवध्यालयमा सूचना तथा सञ्चार प्रविधि विषयको प्राध्यापन समेत गर्दै आएका छन् ।

सम्बन्धित समाचार

Advertisement