गाँउले केटो

अनलाइन दर्पण 2016-12-11
img

गाँउले केटो

एउटा पलाएनवादी

एउटा विध्धार्थी

हरियो पासपोर्ट च्यापेर

विश्व बजारमा

तेस्रो देशको नागरिक

अराजक छु साथी

जरूर अराजक

नित्शे, फ्रायड र मार्क्सको

पाखे समर्थक हूँ म

मलाई दु:ख मन पर्छ

किनकि

जीवन र मरण दुवै देखेको छु

भोगेको पनि छु

तर कहिल्यै

मातृबलत्कार सहन सिकिनँ

म आमालाई माया गर्छु

कुडिएको मेरी आमाको मन

मलाई राम्रो हेक्का छ

तर म आमालाई

बजारको पुतली बन्न नदिने छोरो हुँ

भीडबाट गलहत्याईको प्रदेशी हुँ

तर

मेरो देशको मलाई माया लाग्छ

त्यसैले

अन्याय कहिल्यै सहन्न !

 - लोकनाथ अधिकारी

सम्बन्धित समाचार

Advertisement