अनेरास्ववियुलाई विधि ,नीति र सिद्धान्ततह विद्यार्थीको बिचमा लैजान मेरो उम्मेद्बारी महासचिव- सुदर्शन शिवाकोटी

अनलाइन दर्पण 2023-05-08
img

काठमाडौ यतिबेला सत्ताधारी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय माहादिवेशन काठमाडौंमा फागुन २ देखि ४ सम्म हुन गैरहेको छ । नेपाली बिध्यार्थी आन्दोलनको एक अग्रणी एबम सशक्त विद्यार्थी संगठन अनेरास्ववियुको महादिबेशनलाई यति बेला महत्त्वका साथ हेरिएको छ।
२३ औं राष्ट्रिय महादिवेशनले संगठनको २६ औं नेतृत्व चयन गर्दै छ। विभिन्न पदका लागि अनेरास्ववियुका नेताहरुले सामाजिक संजाल एबम संचार माध्यमबाट आ आफ्नो उम्मेदवारी बारे प्रचार प्रसार गरिरहेका छन्। २२औं राष्ट्रिय महादिबेशनबाट नबिना लामा अध्यक्ष भए पश्चात् ऐन महर र सुनिता बरालले नेतृत्व गरेका दुबै कमिटी टिके कमिटी हुन्।
अहिले हुने भनिएको २३ औं राष्ट्रिय महादिबेशन पनि सहमतिय ढङ्गले सम्पन्न गर्ने माउ पार्टीका कतिपय नेताहरुको मनसाय भएपनी संगठनभित्र निर्वाचनको माग जबर्जस्त उठेपछि अनेरास्ववियु अहिले चुनावमा होमिएको छ। यसैबीच अनेरास्ववियु भित्र अध्यक्ष पछिको शक्तिशाली एबम कार्यकारी पद मानिएको महासचिव पदका लागि थुप्रैले आकाङ्क्षा व्यक्त गरेका छन् ।
सुदर्शन सिवाकोटी ,गोबिन्द गिरि ,नारायण घर्ती , धर्म गिरि लगायतकाले महासचिवको दाबी प्रस्तुत गरिरहेका छ्न। ती मध्येका संगठनका भित्र पकट जमाएका एक बलिया आकाङ्क्षि हुन् , सुदर्शन सिवाकोटी ।सिवाकोटी हाल अनेरास्ववियुका उपमहासचिव एबम बिदेश बिभाग प्रमुख छन्। दोलखामा जन्मिएका सिवाकोटी २०६१ सालदेखि अनेरास्ववियुको आन्दोलनमा जोडिएका हुन् ।
उच्च शिक्षा हासिल गर्न राजधानी आएका सिवाकोटी महेन्द्ररत्न क्याम्पस तहाचलमा अनेरास्ववियुको प्रारम्भिक कमिटिबाट सङ्गठित हुँदै आफु अनेरास्ववियुको आन्दोलनमा होमिएका हुन् । महेन्द्ररत्न क्याम्पस तहाचलको अध्यक्ष ,काठमाडौं जिल्ला कमिटी ,तत्कालीन बागमती अञ्चल कमिटी ,उपत्यका इन्चार्ज ,केन्द्रीय सचिबालय सदस्य हुँदै संगठन बिभाग प्रमुख र हाल उपमहासचिव भएर आफ्नो जिम्मेवारी कुशलता पुर्बक निर्बहा गरेका छन् ।
कार्यकर्तामाझ अत्यन्तै लोकप्रिय एबम अनुशाशीत र निर्भीक नेताको रुपमा सिवाकोटीलाई संगठनभित्र हेर्ने गरिन्छ।सिवाकोटी विद्यार्थी आन्दोलनका साथै कलाकारिता क्षेत्रमा पनि लोकप्रिय छन्। आफू सदैब विद्यार्थी माझ रहेको र शैक्षिक मुद्दा मा केन्द्रित विद्यार्थी राजनीति गरेको उनी दाबी गर्छन् उनी आफुले महासचिव पदमा सहजै बिजयी हासिलहुने बिश्वास व्यक्त गर्छन्।
हाल उपमहासचिव भएकाले अबको आफ्नो साङ्गठनिक जिम्मेवारी महासचिव भएको उनी दाबी गर्छन्। देशभरिबाट अनेरास्ववियुको २३औं राष्ट्रिय महादिबेशनका लागि प्रतिनिधि चयन भएका सबैलाइ हार्दिक बधाई दिदै अनेरास्ववियुको महादिबेशन सफल पार्न उनी आह्वान गर्छन् ।

सम्बन्धित समाचार

Advertisement