गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय : बिजुक्छे

अनलाइन दर्पण 2018-01-07
img

भक्तपुर, २३ पुस। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बाेल्दै अध्यक्ष  बिजुक्छेले भने, “एमाले र माओवादी केन्द्रबीच रहेको गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाँजो हाल्ने काम गर्दैछन ।” 

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लाका समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित रहेर सम्प्रेषण गर्न सबै पत्रकारहरुलार्इ आग्रह गरे । 

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरमा सुशासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रष्टाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारको पेशागत र सुरक्षाका चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याय वापत रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापालाई  यस वर्षको ‘मैयादेवी शिल्पकार स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ  । पुरस्कारको राशि २ हजार ५ सहित  रहेको छ । 

सम्बन्धित समाचार

Advertisement