मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु , मृतककाे साथमा भेटियाे २५ हजार भारतीय रुपैया

अनलाइन दर्पण 2018-01-06
img

रबिन्द्र यादव/नवलपरासी ।  नवलपरासीको सुरजपुरा देखि प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चालकलाई सहिद सामुदायिक अस्पताल चौपता मा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

उक्त अस्पतालका एक कर्मचारी रंजिता यादवले दिएको जानकारी अनुसार मृतक संग २५ हजार भारतीय समेत रहेको बताइन् भने मृतकको घाटीमा सुनको सिकड समेत रहेको जनाइएकी छन ।

मृतकको पैकेट भित्र भेटिएको सानो कार्डमा संजय यादव नाम लेखिएको छ ।

प्रहरीको प्ररम्भिक अनुसंधान अनुसार मृतक भारतीय हुन सक्ने बुझिएको छ ।

हाल शव लाई पोष्टमार्टनका लागि जिल्ला पृथ्वी चन्द अस्पताल परासी लगिएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

Advertisement