प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ? माधव नेपाल

अनलाइन दर्पण 2018-01-03
img

काठमाडौं १९ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस नेताहरुलाई सरकार छाड्न आलटाल नगरी ५ वर्ष वाम गठबन्धनले सरकार बनाउने सरकारलार्इ रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् ।

बुधबार रिपोटर्स क्लबमा अायाेजित कार्यक्रममा नेता नेपालले  अबकाे ५ वर्ष वाम गठबन्धनलाई काम गर्न दिन सुझाव दिएका छन् ।

उनले  भने, यद्यपि ओली प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि होइन । तर, माओवादीलाई के लाग्छ थाहा छैन । प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ?’

नेता नेपालले नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय भइनसकेको भएपनि एमाले अध्यक्ष केपी ओलीको सम्भावना धेरै रहेको बताए ।

उनले  भने, यद्यपि ओली प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि होइन । तर, माओवादीलाई के लाग्छ थाहा छैन । प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ?’

वाम गठबन्धनमा प्रधानमन्त्रीका लागि मारामार नहुने भन्दै ओली, प्रचण्डसँगै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलको समेत व्यवस्थापन गर्नु पर्ने भन्दै उनले आपसी छलफल गरेर नेताहरुलाई उचित र न्यायसंगत जिम्मेवारी दिइने बताए ।

सम्बन्धित समाचार

Advertisement