रुपन्देहीको सिद्धार्थ नगरपालिका २ मेउडिहवा चोकमा गए राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति पौने १ बजे लु २६ प ५०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएको छन्।
मृत्यु हुनेमा चालक रुपन्देही देवदह नगरपालिका ६ खैरेनी बस्ने २२ वर्षीय अमृत पौडेल रहेका छन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलपछाडि सवार कास्कीको पोखरा लेखनाथ महानगरपालिका १७ का २२ वर्षीय मनोज पौडेल गम्भीर घाइते भएका हुन्। उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ।