राष्ट्रिय ह्यान्डबल खेलाडी तथा अनलाइन दर्पणकी उदयपुर सम्वाददाता रमिला बस्नेत राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । पुर्व प्रधानमन्त्री तथा माअाेवादी केन्द्रका अध्यक्ष एवमं माननिय पुस्पकमल दाहाल प्रचण्ड द्वारा बस्नेत अन्तर्राष्ट्रिय संगठन नेपाल जेसिजले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरुस्कार बाट पुरुस्कृत हुनुभएको हो ।
नेपाल जेसिजले नेपालभर बाट खेलकुद तथा बाताबरण विकास सन्तुलनमा अावेदन अाह्वान गरेको थियोे ।
उक्त पुरुस्कारका लागि नेपालभर बाट १८ देखिन ४० वर्षका युवाहरूलाई अाफु उक्त खेलकुद विधामा याेग्य भएको तथा विधामा याेग्य भएको प्रमाण समेत पेश गर्न नेपाल जेसिज सचिवालयले सार्वजनिक सुचना समेत जारी गरेको थियो ।
सुचना प्रकाशित भए प्रस्चात उदयपुर जेसिजले राष्ट्रिय महिला ह्यान्डबल खेलाडी र नेपालकै कान्छी महिला खेलाडी रमिला बस्नेतलाई पुरुस्कृत गरिएको उदयपुर जेसिज अध्यक्ष रुपम अनुराग गुप्ताले जानकारी दिएका हुन ।
बस्नेतले नेपाली खेल क्षेत्रमा १३ वर्षकै उमेरमा प्रवेश गरेर १४ वर्षको उमेरमा नेपालकाे प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशहरूमा नेपाललाई स्वर्ण कास्य रजत जस्ता महत्त्वपूर्ण पदक दिलाउन सफल भएको नेपाल जेसिजले जनाएको छ ।
बस्नेत अहिले पत्रकारिता सामाजिक क्षेत्रमा समेत सकृय रहेकी छन् । नेपाल जेसिजकाे ४४ अाै राष्ट्रिय महाधिवेशनमा बस्नेतलाई पुर्व प्रधानमन्त्री पुस्पकमल दाहालले स्वर्ण नगद र सम्मान पत्र सहित दाेसल्ला अाेडाएर भैरहवाको सिद्धार्थ नगरमा सम्मानित गरिएको हो ।
कार्यक्रममा नेपालभर बाट हजारौं जसिज नन जेसिज पत्रकार समाजसेवी बुद्धिजीवी लगाएको उपस्थिति भएको थियो भने कार्यक्रम पुस १० गतेसम्म चल्ने नेपाल जेसिजले जनाएको हो ।