क्यान्सर पीडितलाई सहयोग 

अनलाइन दर्पण 2017-12-21
img

भक्तपुर, ७ पुष । दार्चुलाका ५ वर्षिय  बालक रोशन धामी  क्यान्सरबाट पीडित भई हाल चितवन क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका छन् ।

उनको उपचारका लागि करिब १० लाख रुपैया लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आर्थिक अवस्था कमजोर भएका धामीका उपचारका लागि मानविय सेवामा समर्पित व्यक्ति तथा संस्थाहरुबाट सहयोग आउने क्रम जारी छ ।

सोही क्रममा आज स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पस भक्तपुरको विशेष पहलमा सम्पुर्ण शिक्षक बिध्यार्थीहरुबाट  क्यासर पिडित बालक  धामीकाे उपचारार्थ १० हजार ५०० रुपैयाँ सहयाेग स‍ंकलन भएको छ ।

सो रकम क्यान्सर पिडित बालक धामीकाे उपचारार्थ दार्चुला निवासी सानोठिमी क्याम्पसका पूर्व स्ववियू सदस्य समेत रहेका शुरेश सिंह ठगुन्नालाई हस्तान्तरण गरिएको छ ।  

क्यान्सरबाट पीडित बालक धामीकाे उपचारार्थ सहयाेग स‍ंकलन गर्न स्ववियूका अध्यक्ष रमेश खड्का, सचिव राम केसी, सदस्य रेशमलाल श्रेष्ठ , अखिलका विध्यार्थी नेता गाेरख केसी, पकाश केसी,पूर्णसिंह धामी लगाएत लागिपरेका थिए । 

यसैबीच अनेरास्ववियूका नेता गाेरख केसीले बिरामीको उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाता महानुभावलाई धन्यवाद दिएका छन् । उनले रकम संकलन अभियान सञ्चालनगर्ने स्ववियूका अध्यक्ष रमेश खड्का, सचिव राम केसी, सदस्य रेशमलाल श्रेष्ठलाई विशेष धन्यवाद दिए ।

केसीले स‍ंकलित रकम  सम्बन्धित निकाय सम्म पुग्ने आशा सहित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्बन्धित समाचार