काठमाण्डाैः प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाउने तयारी भइरहेकाे छ । त्यसका लागि प्राधिकरणले एउटा अध्ययन समिति निर्माण गरेको छ, समितिले विभिन्न विकल्पमा अध्ययन गरिरहेको छ, अध्ययन प्रतिवेदनमा दिएको उपयुक्त विकल्पको तत्काल कार्यान्वायन गरिनेछ ।
हाल उपत्यकामा राति ३०० मेगाबाट बिजुलीको माग छ भने आपूर्ति झन्डै २०० मेगावाट छ । साँझको दुई घन्टाको लागि प्राधिकरणले १०० मेगावाटको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘राजधानी सहरमा उज्यालो बनाउन साँझको दुई घन्टाका लागि १०० मेगावाटको व्यवस्थापन गर्न प्राधिकरण सक्षम छ, यसका लागि सबै किसिमका कोसिस भइरहेका छन्।’
लाेडसेडिङ मुक्त गर्नकाे लागि पिक आवरमा कुलेखानीलाई चलाउने याेजना भइरहेकाे छ । उपत्यका संगै देशका मुख्य मुख्य सहरहरूमा पनी लाेडसेडिङकाे अन्त्य गर्ने याेजना भइरहेकाे छ ।