ग्याष्ट्रिकको समस्याबाट हैरान हुनुहुन्छ ? यी हुन् केही दिनमै च्वाट्टै पार्ने १५घरेलु उपाय

अनलाइन दर्पण 2017-09-16
img

  www.onlinedarpan.com

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन् ।

त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।

आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।

लामो समयसम्म भोकै रहँदा, धेरै फ्राइ गरिएको खाना, चिल्लो र पिरो खानाजस्ता विविध कारणले ग्याष्ट्रिकको समस्या देखा पर्छ । स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानले देखाएअनुसार ग्याष्ट्रिकका रोगीहरुलाई हप्तामा कम्तीमा दुई पटक रातीको समयमा निकै पीडा हुन्छ र यो समस्याले अर्को दिनसम्म पिरोल्छ।

अहिलेको जीवनशैली, रातिसम्म काम गर्नु, ढिलो सुत्नु, चिल्लो र मदिराजन्य पदार्थ धुम्रपान लगायतले एसिडिटीको समस्या बढाउँछन्। यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन्।

एसिडिटिबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ।

१. दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ।
२. लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रहनुस्।
३. सुत्नुभन्दा पहिलो कोल्ड ड्रिंक, चकलेट, कफी नलिनुहोस्।
४. साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल नखानुहोस्।
५. हेभी र मसालेदार दाना साँझमा नखानुहोस्।
६. साँझको खाना सुत्नुभन्दा ३–४ भण्टा पहिल्यै खानुहोस्।
७. केरा खानुहोस् । यसमा प्राकृतिक एन्टिएसिड हुन्छ।
८. साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ।
९. खानापछि सोंफ वा ल्याङ सुकुमेल खानुहोस्।
१०. चिसो दुध पिउुहोस्। यसले एसिडिटी घटाउँछ।

ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा पाउने उपायहरु हाम्रो घरमै उपलब्ध हुन्छन् ।
नेशनल इन्स्च्यिुट अफ आयुर्वेद जयपुरका एक्पर्ट डा. गोविन्द पारिकले ग्याष्ट्रिकबाट क्षण भरमै छुटकारा पाउने केही उपायहरु  यसरी बताएका छन ः

१) अदुवा 
अदुवाको एक टुक्रालाई घ्युमा पकाउनुहोस् । त्यसका कालो नुन राखेर खानुहोस् । अदुवाको चिया पिउनाले पनि फाइदा मिल्नेछ ।

२) पाइनापल 
पाकेको पाइनापल वा यसको जुस पिउनुहोस् । यसको एल्कलाइन प्रोपर्टी ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा दिन्छ ।

३) जीरा 
चिसो पानीमा एक चम्चा भुटेको जीराको पाउडर घोलेर पिउनुहोस । यसबाट डाइजेशन सिष्टम सुध्रिनेछ भने ग्याष्ट्रिक हट्नेछ ।

४) आलु 
एक काचो आलुलाई छिल्नुहोस् र आधा गिलास पानी राखेर पिस्नुहोस् । यसबाट पानी छान्नुहोस् र त्यसमा थोरै तातो पानी मिलाएर पिउनुहोस । यसले ग्याष्ट्रिकको समस्याबाट मुक्त गर्नेछ । 

५) पुदिना 
एक गिलास पानीमा आधा चम्चा पुदिनाको रस हालेर पिउनुहोस् । अर्कोतर्फ पुदिनाको चिया पनि पिउन सक्नुहुन्छ । यसले ग्याष्ट्रिकको समस्याब हटाउनेछ । 

६) काली मर्चा
एक चम्चा महमा आधा चम्चा काली मर्चाको पाउडर मिलाएर खानुहोस् । यसको आधा घण्टापछि मात्र पानी पिउनुहोस् । यसबाट पनि ग्याष्ट्रिकको समस्या टाढा हुनेछ ।

७) बेसार 
आधा चम्चा बेसारको पाउडर खाएर पानी पिउनुहोस् । त्यसपछि केरा वा दही खानुहोस् । बेसारको एन्टी इन्फलीमेशन र एन्टी फन्गल प्रोपर्टीका कारण पेटको समस्या हट्छ ।

८) नरिवलको पानी 
नरिवलको पानीले पनि पाचन प्रक्रिया सुधार्छ र पेटमा रहेको ग्याष्ट्रिकको समस्या हटाउँछ । ग्याष्ट्रिक भएमा नरिवलको पानी पिउनुहोस्, तुरुन्त यसको फाइदा मिल्नेछ ।

९) ल्वाङ 
एक गिलास पानीमा ५—६ ल्वाङ हालेर राम्रोसँग उमाल्नुहोस् । यसको पानी छान्नुहोस् र एक चम्चा मह मिलाएर पिउनुहोस् । ग्याष्ट्रिको समस्या चट हुनेछ ।

१०) मेवा 
ग्याष्ट्रिक भएमा कालो नुन हालेर मेवा खानुहोस् । मेवामा रहेको पेपिन र बीटा कैरोटिनले पेटको समस्याबाट राहत दिन्छ ।

११) मेथीका दाना 
एक गिलास पानीमा एक चम्चा मेथीको दाना हालेर उमाल्नुहोस् । पानी आधा भएमा छानेर पिउनुहोस । ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा मिल्नेछ ।

१२) सफ र कालो नुन
एक चम्चा सफ र कालो नुन खानुहोस र सँगै एक गिलास मनतातो पानी पिउनुहोस् । ग्याष्ट्रिकको समस्याबाट राहत मिल्नेछ ।

१३) अदुवा
एक कप तातो पानीमा आधा चम्चा अदुवाको पाउडर र थोरै हिंग र कालो नुन मिलाएर पिउनुहोस् । ग्याष्ट्रिकबाट छुटकारा पाउनुहुनेछ ।

१४) अजवाइन र कागतीको रस 
एक गिलास पानीमा एक चम्चा अजवाइन हालेर उमाल्नुहोस् । यसलाई छान्नुहोस् र फेरि कागतीको रस, थोरै पुदिनाको रस, २ चम्मा मिश्री, थोरै कालो नुन र थोरै भुटेको जीरा हालेर पिउनुहोस् । यसले पनि ग्याष्ट्रिकबाट टाढा गर्छ ।

१५) एप्पल साइडर 
एक गिलास मनतातो पानीमा एक कप एप्पल साइडर विनेगर मिलाएर पिउँदा पनि ग्याष्ट्रिक समस्या कम हुन्छ ।

दैनिक भाष्करबाट भावनुदित

 

सम्बन्धित समाचार