भक्तपुर । चितवनको माडी नगरपालिका –३ रतनीका बाढी र डुबान प्रभावितहरुलाई निशुल्क स्वास्थ्य शिविर र विरामीलाई औषधी वितरण गरिएको छ ।
भक्तपुरकाे डा. र्इवामुरा मेमाेरियल अस्पताल र राेटरी क्लब अफ भक्तपुर ३२९२ द्वारा आयोजना गरिएको शिविरमा बाढीपछि विभिन्न खालका स्वास्थ्य समस्या देखिएका स्थानीयको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
शिविरमा डा. र्इवामुरा मेमाेरियल अस्पताल तथा अनुसन्धान केन्द्र भक्तपुरका स्वास्थ्यकर्मीहरुले विरामीहरुको जाँच तथा औषधी वितरण गरेका थिए ।
माडी नगरपालिका–३ का वडाध्यक्ष पुरन महताेको अध्यक्षतामा शिविरको उद्घाटन राेटरी क्लब अफ भक्तपुर ३२९२ का प्रेसिडेन्ट केशब दिवाकरले गर्नु भएको थियो ।
बाढी प्रभावित क्षेत्रका वासिन्दाहरूकाे स्वास्थ्यस्थिती नाजुक बन्दै गर्इरहेकाे समाचार मिडियाहरूमा सम्प्रेषण भएपछी बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नपाअाेस भन्ने उदेश्यले अाैषधी र स्वास्थ्य शिक्षा कार्यक्रम जाडेर शिविर अायाेजना गरिएकाे डा. र्इवामुरा मेमाेरियल अस्पतालका व्यवस्थापकीय प्रमुख रंजित मारिखुले बताउनुभयाे ।
शिविरमा १५३ जना बाढी र डुबान प्रभावितहरुले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउनेहरूमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।