आँखा हम्म्रो लागि निकै महत्वपुर्ण अंग हो । यसलाई ख्याल राख्न धेरै जरुरि हुन्छ । आँखाले हामीलाई धेरै कामको लागि सहयोग पुर्याएको हुन्छ । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ । आँखाको सहायताले नै हामीले विभिन्न कार्य गरिरहेका हुन्छौ । मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ । अब त्यस्तो समस्याको लागि घरेलु उपाय ल्याएका छौ जसले तपाइलाई सहयोग पुग्नेछ । तपाईले चस्माको प्रयोग गरिरहनु भएको भएपनि नियमित रुपमा घ्यू कुमारी र महको जुसको प्र्रयोगले त्यसको अन्त्य हुन सक्छ । यसलाई बनाउने तरिका यसप्रकार छन् ।
सामाग्री
१) २ सानो चम्चा एलोवेरा(घ्यू कुमारी)को जूस
२) २ सानो चम्पा मह
३) २ चम्चा कागतीको रस
४) २ सानो चम्चा ओखरका टुक्रा
आवश्यकता अनुसार पानी
विधि
सवै सामाग्रिलाई एकसाथ मिलाएर मिक्सरमा पिस्ने ।
तयार भएको जुसलाई छान्नुहोस् र एक गिलास बनाएर पिउनुहोस् । तपाईले यो जूसलाई खाना खानुभन्दा आधा घण्टा पहिला पिउनुभयो भने फाइदा हुन्छ । यसलाई नियमित रुपमा केही दिन सेवन गरेपछि नै यसको फाइदा देख्न सक्नु हुन्छ ।