यस्ताे विवादमा पनि फस्ने हाे काँग्रेस ?

अनलाइन दर्पण 2017-08-30
img

काठमाडौं, १४ भदाै । नेपालकाे राजनीतिक घट्ना क्रमका एक अटल खम्वाकाे रुपमा अाफुलार्इ सधै उभ्याउन सफल पार्टी नेपाली काँग्रेस यतिवेला ठुलाे दुर्घटनाकाे विवादमा फसेकाे छ । 

भ्रष्टचारको दोषी व्यक्तिले निर्वाचनमा भाग लिन पाउनुपर्ने भन्दै विधेयेक संसाेधन प्रस्तावमा काँग्रेसकै सांसदहरु खुलेर लागेपछि नेपाली काँग्रेस विवादमा फसेकाे हाे । तथापि काँग्रेसकाे अाफ्नै विवादका कारण याे विधेयक अगाडि बढ्न भने सकेको छैन । यसमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको समेत चासो देखिएको छ ।

यसरी संशोधन प्रस्ताव हालेर भ्रष्टाचार मुद्दामा जेल सजाए पाएका नेता अनुकल कानुन बनाउन लाग्ने सांसदमा राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवि खड्का, विन्दादेवी आले, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आर्चाय, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्र्रप्रसाद यादव, राजु थापा, इन्दबहादुर बानियाँ र नरबहादुर चन्द छन् ।

सांसदहरुले आफुखुशी संशोधन हालेका भने होइनन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको दवावमा उनीहरुले यो प्रस्ताव हालेको काँग्रेस नेताहरुकै भनाई छ । काँग्रेस नेता खुमबहादुर खड्काको यो विद्येयकमा चासो छ । उनी भ्रष्टाचारको मुद्दामा जेल सजाए पाएका नेता हुन् । काँग्रेस महाधिवेशनमा नेता खड्काले सभापतिमा नेता देउवालाई सहयोग गरेका थिए । चिरन्जिवी वाग्ले र गोविन्दराज जोशीजस्ता काँग्रेस नेता पनि यही मुद्दामा सजाय पाएका छन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, माओवादी केन्द्र र साना दलका सांसदले पनि भ्रष्टाचारको आरोपमा जेल सजाय पाएका र जेलबाट छुटेपछि निर्वाचनमा भाग लिन दिनुले मुलुकलाई राम्रो बनाउन नसक्ने बताएका छन् । 

के छ विधेयकमा ?
विधेयकको दफा १३ को ‘ङ’ मा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै पनि कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवार बन्न नपाउने प्रस्ताव छ ।

विधेयकमा भएकाे कुरालार्इ केही नेताकाे दवावमा संसाेधन गर्दै जाने हाे भने के देशले जनताकाे संविधान पाउला ? नपाउनेले के पाउ कनिका टिपी खाउ भनेझै तेसैत मधेसबादी दल राजपा तथा माअाेवादी खेमाका नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरिरहेकाे नेकपा ले संविधान नमानेकाे अवस्थामा याे संसाेधन उपर देखिएकाे काँग्रेसकाे विवादले के नेपाली काँग्रेसले अाफ्नाे वर्षाै देखिकाे साख राख्न सक्ला ? 

सम्बन्धित समाचार

Advertisement