अखिल(क्रान्तिकारी) काे सम्मेलनमा किन सरी माग्दै बाहिरिए महासचिव?

अनलाइन दर्पण 2017-08-29
img

काठमाण्डाै, १३ भदाै । नेकपा माअाेवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)काे राष्ट्रिय सम्मेलन भदाै ७ बाट चलिरहेकाे छ । केन्द्रिय पदाधिकारीकाे लागि सहमति नजुटेपछि १४ गते बुधवार माओवादी पार्टीकै इतिहासमा पहिलो पटक अखिल(क्रान्तिकारी)काे नेतृत्व निर्वाचनबाट चुनिँने भएकाे छ ।

तर दुर्भाग्यवस अखिल(क्रान्तिकारी)का माहासचिव विरेन्द्र वस्नेतले भने चुनाव प्रचारप्रसार तिव्र पारिरहेकै वेला विवादास्पद रुपमा अाफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नाे धारणा नखुल्ने गरि स्टाटस सार्वजनिक भएकाे छ ।

वस्नेतले अाफ्नाे फेसवुक स्टाटसमा करिव १ घन्टाकाे अन्तरमा दुर्इ फरक फरक स्टाटस सार्वजनिक गरेका छन् । जसमा पहिलाे स्टाटसमा "l am sorry .बिदा लिने निर्णय गरें । #राष्ट्रिय सम्मेलन ।" र दाेस्राे स्टाटसमा "धेरै कोसिस गरें सहमती होस भनेर । तर अाफ्नै भित्र दुश्मन खोज्न सकिन । l Am SORRY." लेखेका छन् । 

वस्नेतले किन यस्ताे स्टाटस सार्वजनिक गरे याे भने खुल्न सकेकाे छैन । 

काे हुन विरेन्द्र वस्नेत?

२०५५ सालमा झापाको हिमालयन मावीमा कक्षा ९ मा  पढ्दै गर्दा माओवादी भनेको खासै थहा नभएकाे, तर माओवादीले राजालाई हटाउन बन्धुक बोक्यो भन्नेचाही सुनेकाले माओवादीको विद्यार्थी संगठ्नमा गोप्य रुपमा आवद्ध भएका एक विद्यार्थी हुन विरेन्द्र वस्नेत ।

२०५७ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं आएका उनी तत्कालीन व्यवस्थाविरुद्ध काठमाण्डौंका भित्ताहरुमा वालपेन्टीङ र पोष्टर टास्दै जादा २०५७ साल मंसीर १८ गते घट्टेकुलोबाट पक्राउ परे । पक्राउ पस्चात १हप्ता हुनमानढोका बन्दि बनाइएका वस्नेत तारेखमा रिहा गरियो । राजनीतीबारे खासै चासाे नभएका वस्नेत ७ दिन सम्म हिरासतमा निकै यतना पार्इ रिहा हुँदा शरीरभरी डामैडाम देखेपछि माअाेवादीकाे पुर्णकालीन कार्यकर्ता बने ।

२०५८ साल पुस ११ गते तत्कालिन माअाेवादी र सरकारपक्ष विचकाे युद्धविराम भङ्ग भएपछी पुस १४ गते दाेस्राे पटक अाफ्नै भाइसँगै पक्राउ परे ।  

२०५९ सालमा सरकार र माओवादीविच दोश्रो वार्तामा सवै बन्दीलाई छाड्ने सहमती भएपछि चैत्र ११ गते जेल मूक्त भएका वस्नेत फेरी पुन संगठनका काममा सक्रिय भए ।

संगठनकै कामका क्रममा २०६० भदौ ११ गते पुन तेस्राे पटक पक्राउ परे । उक्त पक्राउमा साेही दिन वानेश्वरमा सेनाका जर्नेल किरन वस्नेतको गोली हानी हत्या गरिएको कारण निकै भयानक यातना दिइयाे। तेस्राे पटककाे पक्राउमा २१ महिना जेल जीवन विताएका वस्नेतले निकै कठिन यातना भाेगे । 

२०६२ पुस ३ गते बस्नेत तेस्राे पटक हिरासतमुक्त भएपछी ७ दिन काठमाण्डौंमै लुकेर वसि लेखनाथ न्यौपानेको सम्पर्कमा हेटौडा गइ पार्टीकाे काममा सक्रिय बने ।

२०६२/६३ काे जनअान्दाेलन पस्चात काठमाण्डाै उपत्यका विद्यार्थी राजनीतिमा सक्रिय भर्इ अखिल अखिल(क्रान्तिकारी)काे दुुर्इ कार्यकाल भक्तपुर जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, सचिवालय सदस्य, केन्द्रिय सचिव र माहासचिव सम्म वन्न पुगेका बस्नेत सानाेठिमी शिक्षा क्याम्पसमा २०३६ सालदेखिकाे एमाले निकट अखिलकाे वर्चस्वकाे अन्तय गर्दै २०६५ सालमा स्ववियू सभापति समेत निर्वाचित भएका थिए । 

हेर्नुहाेस स्टाटस 

सम्बन्धित समाचार

Advertisement