थाइराइड भएमा यी ५ चीजबाट टाढै रहनुहाेस्

अनलाइन दर्पण 2017-07-21
img

थाइराइडका रोगीको संख्या दिनानुदिन बढीरहेको एक अध्यनले  देखाएकाे छ । चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड रोगीको संख्या बढ्दै गइरहेकाे  छ । 
थाइराइड भएको खण्डमा यी ५ चीजबाट टाढै रहनुहोस :

१. कफि

कफिले सिधै थाइराइड बढाउँदैन तर यसले थाइराइडको कारण उत्पन्न हुने दुखाईलाई बढाउछ । जस्तै बेचैनी तथा निन्द्रा आदी यसका समस्या हुन् ।

२. रातो मासु

रातो मासुमा कोलेस्ट्रोल तथा फ्याट बढी हुन्छ । यसको प्रयोगले तौल तिव्र रुपमा बढ्छ । थाइराइड हुनेको तौल त यसैपनि तिव्र रुपमा बढ्छ  जसका कारण थप समस्या हुन्छ ।

३. आयोडिनयुक्त खाना

थाइराइड ग्ल्यान्डले हाम्रो शरीमा आयोडीनलाई लिएर थाइराड हर्मोन उत्पादन गर्छ । यसका लागि हाइपोथाराइड भएको खण्डमा आयोडिन धेरै भएको खाने कुरालाई टाढा राख्नु फाइदाजनक हुन्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण गर्नु आवश्यक छ ।

४. वनस्पघि घ्यू

वनस्पघि घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू वजारमा भएका होटल तथा रेस्टुरेन्ट आदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस् ।

५. रक्सी

थाइराइड भएकालाई रक्सी , बीयरआदीले निकै प्रभावित गर्छ । यसले गर्दा शरीरिक उर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत समस्या बढ्छ ।

सम्बन्धित समाचार