देउवा जंगिदा झस्किए कार्यकर्ता

अनलाइन दर्पण 2017-07-20
img

काठमाडौं, ५ साउन । प्रधानमन्त्री एबं  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको प्रदेस नं. २ को भेलामा जंगिएका छन् । देउवा जंगिदै बोले, ‘पार्टीमा छाडातन्त्र मौलायो, अनुशासन समिति बनाएर अन्तर्घातीलाई कारबाही गर्छु ।’ उनले पार्टीका नेता तथा कार्यकर्ता छाडा भएको बताए ।

निर्वाचन भइसकेको प्रदेशमा काँग्रेसले राम्रो नतिजा ल्याउन नसक्नुमा अन्तर्घात नै भएको देउवाको निष्कर्ष छ । अब प्रदेश २ मा अत्याधिक तह जितेर काँग्रेस नै पहिलो पार्टी बन्नुपर्ने उनको जोड छ । यसका लागि अन्तरघातीलाई कारबाही गर्नुपर्ने ‘प्लान’ देउवाले सुनाए । अन्तरघातीलाई कारबाही नगरे काँग्रेस कहिल्यै ठूलो पार्टी बन्न नसक्ने उनले ठोकुवा गरे । 
अन्तरघातकै कारण धेरै ठाउँमा डेढ दुई सय भोटले कांग्रेसका उम्मेदवारहरु हारेको भन्दै उनले थपे, ‘अब अनुशासन समिति बनाएर अन्तरघातीलाई पार्टीबाट निकाल्छु । यस्तालाई कारबाही नगर्ने हो भने भोलि पनि अन्तरघात हुन्छ र पार्टी कहिल्यै ठूलो हुन सक्दैन ।’

देउवाको आक्रोसपूर्ण अभिव्यक्ति सुनिरहँदा उपस्थित नेता कार्यकर्ता झस्किएका थिए ।

सम्बन्धित समाचार

Advertisement